म त्यो फुल बन्न सकु
जो चढोस
मन्दिरमा पनि
मसानमा पनि
म त्यो आर्यघाट बन्नु सकु
जहा
अन्त्यस्टि होस
अमीरको पनि अनाथको पनि
मलाइ त्यो मन्दिर बन्नुछ
जहाँ सबैले माग्न सकुन
धनिले दिवालमा देउता संग
गरिबले दैलामा दानी सङ
भगवान मलाई त्यो बन्नुछ
जहा
फरकमा पनि समानता छ
जो
बन्दा कसैको अभावलाइ आनन्द मिल्छ
भगवान मलाइ तेहा बस्नुछ
जहा आउदा कसैले रित्तो फर्किन नपरोस्
📝 सत्य उपाध्याय (विजया)
कविता :- म

एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्




