
काठमाण्डौं –सरकारले गरेको ुश्रमाधान रोजगार मेलाु मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको छ ।
मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर अध्ययन गर्ने तयारी गरेको जानकारी दिए।
जेठ १७ गते विराटनगरबाट शुरु भएर जेठ ३० गते ललितपुरमा सकिएको मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।




