यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सयपत्री फूल बिक्री भएपछि धनगढीका किसान खुसी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सयपत्री फूल बिक्री भएपछि धनगढीका किसान खुसी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सयपत्री फूल बिक्री भएपछि धनगढीका किसान खुसी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ४, मंगलवार १२:४० गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: धनगढी उपमहानगरपालिका(६ मटियारीमा पुष्पखेती गरिरेका शङ्करसिंह बिष्टले यो वर्ष २२ कट्ठा जमिनमा पुष्पखेती गरेका छन्। उनले नगरपालिका परिसरमा सञ्चालन गरेको फूल बिक्री केन्द्रबाट लक्ष्मी पूजाको दिन एक हजार पाँच सय किलोग्राम सयपत्री फूल बिक्री भएको बताएका छन्। आफ्नोसहित अन्य किसानको फूल बिक्री केन्द्रबाट बिक्री भएको बताउने बिष्टको बारीमा अझै सयपत्री फूल छ। सो फूल भाइटीकासम्म जम्मै बिक्री हुने उनले बताए।

धनगढी(४ की रिता अवस्थीले लक्ष्मी पूजाको दिन एक सय १५ किलोग्राम फूल बिक्री भएको बताएकी छन्। उनले बारीबाटै फूल बिक्री गरेकी हुन्। भाइटीकासम्म बारीमा रहेको सबै फूल बिक्री हुनेमा अवस्थी ढुक्क छिन्।

धनगढी(९ मा २२ कट्ठा जग्गामा सयपत्री खेती गरेका रोशन साउँदले एकै दिनमा आठ किलोग्राम फूल बिक्री भएको बताएका छन्। उनले यो वर्ष फूलको माग पूरा गर्न भ्याइनभ्याइ भएको बताएका छन्। ुयो वर्ष लक्ष्मी पूजाको दिन करिब ८ क्विन्टल सयपत्री फूल बिक्री भयो। यो वर्ष माग पुगाउनै हम्मेहम्मे भयो। भाइटीकासम्म कुनै फूल बाँकी रहन्न भन्ने लागेको छ,ु साउँदले दिनेशखबरसँग भने।

धनगढी–७ मोतिचोकका जोगेन्द्र सेटीले एकै दिनमा तीन सय पचास किलोग्राम फूल बिक्री गरेका छन्। उनले पनि ग्राहकबाट आएको माग पूरा गर्न समस्या भएको बताएका छन्। उनले भाइटीकाको दिनसम्म थप दुई क्विन्टल फूल उत्पादन हुने र त्यो सबै बिक्री हुनेमा आफू ढुक्क रहेको बताएका छन्।

धनगढी(१३ का पुष्करसिंह बिष्टले लक्ष्मी पूजाको दिन चार सय किलोग्राम फूल बिक्री गरेका छन्। उनले तीन सय किलोग्राम फूल उत्पादन हुने र त्यो भाइटीकाको दिनसम्म बिक्री हुने आँकलन गरेका छन्।
धनगढी(५ तारानगरका बलदेव भट्टले ५० किलोग्राम सयपत्री बिक्री भएको बताएका छन्। उनले बारीबाटै फूल बिक्री गरेका हुन्। यस्तै, धनगढी(१२ जुगेडाकी आशा पन्त मिश्रले एकै दिनमा दुई सय ५० किलोग्राम फूल बिक्री भएको बताएकी छन्। भाइटीकासम्म थप फूल बिक्री हुनेमा मिश्र आशावादी छिन्।

धनगढीका ९ जना किसानले यो वर्ष व्यावासायिक फूलखेती गरेका थिए। सबै किसानले यो वर्ष उचित मूल्यमा फूल बिक्री गर्न पाएको बताएका छन्। यो वर्ष तिहार अगाडि परेकाले फूलेको फूल बिक्री गर्न समस्या नभएको किसानहरूको तर्क छ।

उत्पादन भएको फूल सबै बिक्री हुने भएपछि सबै किसान खुसी रहेको पुष्प व्यवसायी शङ्कर बिष्टले बताए। यो वर्ष किसान आफैले फूल बिक्री गर्न पाएको उनले बताए। बजारमा अन्यत्रबाट फूल तथा नक्कली फूल नआउँदा किसानको उत्पादनले बजार पाएको बिष्टको भनाइ छ। उनले उपभोक्ता र धनगढी उपमहानगरपालिकालाई धन्यवाद दिएका छन्।

कैलालीका अन्य किसान पनि उत्साहित

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका किसान नवराज ओझाले यो वर्ष ७ कट्ठामा फूलखेती गरेका छन्। उनले अत्तरियास्थित महेन्द्रनगर रोडमा स्टल राखेर फूल तथा माला बिक्री गरिरहेका छन्। ुआहाना फूलवारी आँगनु बाट एकैदिन तीन सय किलोग्राम फूल बिक्री भएको ओझाले बताए। लक्ष्मी पूजाको दिन जस्तै भाइटीकाको दिनसम्म थप फूल बिक्री हुने ओझाको अनुमान छ। भाइटीकासम्म थप सात सय माला ओझाले बताए।

गौरीगङ्गा नगारपालिका वडा नम्बर ४ राजीपुरका तिलक चौधरीले यो वर्ष १० कट्ठा जग्गामा सयपत्री फूल लगाएका छन्। उनले लक्ष्मी पूजाको दिन दुई सय किलोग्राम फूल बिक्री भएको बताएका छन्। भाइटीकासम्म थप एक सय पचास किलोग्राम फूल बिक्री हुनेमा चौधरी ढुक्क छन्।

यो वर्ष कैलालीका १७ जना किसानले ठूलो क्षेत्रफलमा फूलखेती गरेका छन्। धनगढीदेखि टीकापुरसम्मका पुष्प व्यवसायी किसानको फूल बिक्रीको अवस्था राम्रो रहेको पुष्प व्यवसायी संघ कैलालीका अध्यक्ष शङ्करसिंह बिष्टले बताए।

धनगढीमा भने २०७९ देखि व्यावसायिक पुष्पखेती गर्न थालिएको हो। धनगढी उपमहानरपालिकाले फूलमा आत्मनिर्भर हुने उद्येश्यका साथ फूलखेतीलाई प्रवर्द्धन गर्ने नीति लिएपछि धनगढीका करिब एक दर्जन किसानले हरके वर्ष पुष्पखेती गर्दै आएका छन्। यो वर्ष सजिलै फूल बिक्री भएकोमा किसान खुसी भएको अध्यक्ष शङ्करसिंह बिष्टले बताए।

अघिल्लो लेख लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
अर्को लेख आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु

२०८२ बैशाख २४, बुधबार १३:२८ गते
अर्थ-वाणिज्यसमाचार

एक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

२०८२ भाद्र ८, आईतवार १६:१२ गते
राष्ट्रिय

छाडेको गाउँमा एकसाथ फर्किए ५० परिवार

२०८१ फाल्गुन १७, शनिबार १२:२२ गते
कैलालीसमाचार

कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

२०८२ असार ५, बिहीबार १०:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?