यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २, आईतवार १०:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ। बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो।

तिहार लागि बेलायतमा तीन सय थान माला पठाएको व्यावसायिक फूल खेतीमा सक्रिय रोशन साउँदले बताए। “फूलका लागि थुप्रै अर्डर आएको छ,” उनले भने, “फूल मात्रै र माला बनाएर बिक्री गर्दै आएका छौँ। यस वर्ष पहिलो पटक बेलायत पनि पठाएका छौँ।”

अछामको मेल्लेख गाउँपालिका–३ का साउँदसहित दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीले बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर विगत चार वर्षदेखि फूल खेती गर्दै आएका छन्। कृषि प्राविधिक तिनै जनाले मिलेर धनगढीसहित दाङ, बाँकेको कोहलपुर र कपिलवस्तुमा गरेर करिब नौ बिघा जमिनमा पुष्प खेतीलगायत अन्य कृषि बालीको खेती गरेका छन्।

तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क भइसकेको छ। यस वर्षको तिहारका लागि सयपत्री फूल तयार भइसकेको साउँदले बताए। उनले सयपत्रीको माला बनाउने, गाँस्न ६०\७० जनाले रोजगारी पाइरहेको बताए।

यस वर्ष गत वर्षभन्दा तिहार छिट्टै परेको र फूल उत्पादन पनि राम्रो भएका कारण फाइदा हुने अपेक्षा गरेको साउँदले बताए। उनको दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरबाट सयपत्री फूल प्रतिकिलो पाँच सय र माला प्रतिमाला एक सयदेखि दुई सय रुपियाँमा बिक्री भइरहेको छ।

अघिल्लो लेख आज काग तिहार मनाइँदै
अर्को लेख तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

२०८२ भाद्र ८, आईतवार १०:३० गते
अन्तर्राष्ट्रिय

रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

२०८१ पुष २२, सोमबार ११:०४ गते
खेलकुदसमाचार

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

२०८२ कार्तिक १६, आईतवार १०:१२ गते
अर्थ-वाणिज्य

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

२०८१ पुष १८, बिहीबार १२:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?