यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २९, आईतवार ११:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर ६०० वटा सवारीसाधन समेत जलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, १०० वटा चार पाङ्ग्रे गाडी र ५०० जति मोटरसाइकल आगजनीले नष्ट भएको पाइएको बताए ।

कार्यालयहरुले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेनजी आन्दोलनका दिन जिल्लामा सरकारी संचरनामा ठूलो क्षति भएको बताउदै जोशीले तथ्यांक तलमाथि हुनसक्ने बताए । उनकाअनुसार ८/९ पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि टेन्ट गाडेरै भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ ।

आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तर्गतका प्रायस् सबै निकायको कामकाज रोकिएका छन् । अवस्था समान्य बन्दै जान थालेपछि यी कार्यालयहरुले समेत सेवा प्रवाहका लागि वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

अघिल्लो लेख जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
अर्को लेख काठमाण्डौंको बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी, सरकार तलमाथि हुनसक्छ

२०८२ श्रावण ६, मंगलवार १२:२६ गते
कैलाली

धनगढीबाट अवैध सामान बरामद

२०८१ मंसिर २८, शुक्रबार ०८:०२ गते
राजनीति

रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले अनुसन्धान गर्दै

२०८१ पुष ४, बिहीबार १२:०४ गते
राष्ट्रियसमाचार

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

२०८२ भाद्र १६, सोमबार २१:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?