काठमाण्डौँ । २१ विधामा ‘म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ प्रदान गरिएको छ ।
अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान प्रदान गरियो । अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको छ ।
सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्ड अध्यक्ष सविता पोखरेल, पत्रकार शान्तिप्रिय लगायतले सम्मान प्रदान गरे ।
सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवाल र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते ।
सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले रु’ गीतबाट दीपक शर्माले पाए ।
सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले प्राप्त गरे ।
सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासुको तीज’ गीतबाट सुजाता केसीरएलिना चौहानले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले पाए ।
समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘छैन नि चोलिया’बाट मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले, पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे ।
तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे । नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष पोखरेलले बताइन् ।





