यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमालेले बोलायो सचिवालय बैठक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमालेले बोलायो सचिवालय बैठक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

एमालेले बोलायो सचिवालय बैठक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३२, बुधबार ११:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

बैठक भोलि दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।

एमालेको आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

यो बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षका लागि कार्यकालको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ त्यही लैजाने तयारी भइरहेको छ।

नवौं महाधिवेशनपछि एमालेमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो। २०७८ को दसौं महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदकै प्रबन्ध गरिएको थियो।

तर, २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रावधान स्थगित गरिएकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।

अघिल्लो लेख सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’
अर्को लेख बझाङको एक गारमेन्ट उद्योगमा आगलागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो

२०८१ माघ २, बुधबार १४:१८ गते
राजनीति

सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली

२०८१ चैत्र १२, मंगलवार १४:०१ गते
राष्ट्रियसमाचार

शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध

२०८२ बैशाख ३१, बुधबार १४:४१ गते
अर्थ-वाणिज्यराष्ट्रिय

शेयर बजार ५४ अङ्कले बढ्यो, १२ अर्बभन्दा धेरैको कारोबार

२०८१ श्रावण २, बुधबार १६:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?