यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनसरीमा दम्पती मृत्यु प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनसरीमा दम्पती मृत्यु प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सुनसरीमा दम्पती मृत्यु प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार ११:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बाबियामा आइतबार बिहान श्रीमान्–श्रीमती मृत फेला परेको घटनालाई प्रहरीले शङ्कास्पद भनेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको आशंकासति अनुसन्धान थालेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सामान्य घरेलु विवादका कारण श्रीमान्ले कान्छी श्रीमतीको हत्या गरेर आफैँ आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको भनाई छ।

४२ वर्षीय सुदीप शर्मा खतवे र उनकी ३२ वर्षीय कान्छी श्रीमती ३२ वर्षीय नविता खातुन आइतबार घर भित्रै मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले आइतबार दिनभर गरेको अनुसन्धानका आधारमा प्रारम्भिक रूपमा सुदीपले श्रीमतीको हत्या गरी आफू घरको टाटिबेरामा साडीको पासो लगाएर झुन्डिएको पाइएको हो। नविता घरको सुत्ने कोठामा मृत अवस्थामा भेटिएकी हुन्।

घटनापछि दुवै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नविताको मृत्यु पहिले भएको र त्यसपछि सुदीपले आत्महत्या गरेको देखिएको छ। यद्यपि विस्तृत निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक गरिने उनले बताए।

सुदीपको पहिली श्रीमती काठमाण्डौँमा बस्छिन् भने उनी कान्छी श्रीमतीसँग इनरुवामा बस्दै आएका थिए। दम्पतीबिच पछिल्ला दिनमा विवाद बढेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

अघिल्लो लेख प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आज पनि नजाने
अर्को लेख सर्पको डसाइबाट दाङमा बालकको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरासमाचार

बाजुरामा बाढीले २ घर बगायो

२०८२ श्रावण २९, बिहीबार ११:३८ गते
राष्ट्रियसमाचार

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी

२०८२ असार ९, सोमबार ११:५६ गते
खेलकुद

महिला एशियन कप छनोटमा नेपाल र उज्बेकिस्तान एउटै समूहमा

२०८१ चैत्र १४, बिहीबार १४:४३ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना

२०८१ श्रावण १७, बिहीबार १४:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?