यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १९, बिहीबार १६:२६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् ।

बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए ।

‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ,’ उनले भने, ‘समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

समाजवाद भन्ने र प्रयोग गर्नेको बीचमा निकै ठूलो अन्तरविरोध देखिएको उनले बताए ।

‘अहिले समाजवाद त सामन्त, दलाल, नोकरशाह, पुँजीवादी सबैले शब्द प्रयोग गरिरहेका छन्, उनले भने, ‘यो शब्द लोकप्रिय भएकोले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सजिलो हुन्छ भनेर व्यवहारमा व्यक्तिवादी स्वार्थ पूरा गर्ने प्रचलन, फेसन अहिले देखिएको छ ।’

आजभोलि वैज्ञानिक समाजवादको प्रयोगपनि सबैखाले अवसरवादी र पूँजीवादीले प्रयोग गरिरहेका उनले जिकिर गरे । ‘सक्कली र नक्कली समाजवादी छुट्याउन निकै जिटल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ,’ उनले भने ।

उनले थपे, ‘नेपालमा आधारभूत रूपमा पूँजीवादी जनवादी क्रान्ति सफल भएर हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्‍यौं भनेर एकाध बाहेक सबैले भन्न थालेका छन् ।’

कसैले पनि समाजवाद तत्काल आइहाल्यो नभनेको र समाजवादको चरणमा प्रवेश गरेका छौं मात्र आफूहरूले भनेको उनले बताए ।

समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको उनले तर्क गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता सामूहिकताको अभ्यास गर्न समाजवादको भ्रुण भएको उनले व्याख्या गरे ।

संविधानमा रहेका सबै सकारात्मक विषयहरूलाई उल्ट्याउने प्रयास भइरहेको उनले आरोप लगाए ।

‘कुकुरकै मासु बेचिरहेका छन् !’

प्रचण्डले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको आरोप लगाए ।

‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ,’ उनले भने ।

सरकारले भ्रष्टहरूलाई संरक्षण गरिरहेको र दलाल पूँजीवादको स्वार्थअनुरूप काम गरिरहेको उनले बताए ।

‘म सबैलाई आग्रह गर्न चाहन्छु, कसले दलाल पूँजीवादविरुद्ध लडिरहेको छ र कसले उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको छ बुझ्नुस्,’ उनले भने, ‘तपाईंहरूले फरक छुट्याउनुपर्छ किनकि समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन ।’

अघिल्लो लेख १६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
अर्को लेख डोकेबजारबाट भन्सार छलीका बिडी, सुर्तीलगायतका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

२०८१ चैत्र ६, बुधबार १७:२० गते
समाचार

धनगढी स्पिकर सिजन दुईको पहिलो चरण सम्पन्न

२०८१ पुष १९, शुक्रबार २२:०७ गते
राष्ट्रिय

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

२०८१ भाद्र ९, आईतवार १०:१७ गते
राजनीतिराष्ट्रियसमाचार

बालुवाटारबाट राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु

२०८१ असार २०, बिहीबार १४:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?