यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १३, शुक्रबार १२:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ । बिहीबार अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइयो ।

सोही दिन देशका विभिन्न ९ स्थानबाट लागु पदार्थसहित १३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाए अनुसार कास्कीका दुई स्थानका साथै सिन्धुली, बर्दिया, रुपन्देही, सिराहा, झापा र सुनसरीबाट बिहीबार लागु पदार्थसहित १३ जना पक्राउ परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट नियन्त्रित लागुऔषध फेनारगन ७ एम्पुल, नुर्फिन ७ एम्पुल र डाइजेपाम ५ एम्पुलसहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुदिप विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जनाइएको छ ।

यस्तै पोखरा महानगरपालिका–१०, रङ्गशाला गेटबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुलसहित वडाको औद्योगिक क्षेत्र बस्ने २४ वर्षीय अर्पण बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २ हजार ८८० ट्याब्लेट र ट्रामाडोल २९ हजार ट्याब्लेटसहित सर्लाही, बरहथवा नगरपालिका–७ बस्ने ३० वर्षीय विक्रम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, गणेशपुर बाईपासबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६, शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका–५ बस्ने २० वर्षीय करण रोकाय छन् ।

रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुलसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् ।

सिराहाको गोलबजार नगरपालिका–६, लामा टोलबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २२ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय राजन कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६, पुष्पलाल चोकबाट अवैध लागुऔषध गाँजा १ किलो ८८८ ग्राम ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीय अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ स्यानाङ्बा घर भएका २० वर्षीय रोशन भट्टराई छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–४, सुनसरी पुल नजिकबाट करिब ७५ किलोग्राम गाँजासहित इटहरी उपमहानगरपालिका–१० बस्ने ४५ वर्षीय सुरतलाल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ शिवालय टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय प्रकाश विक र सोही ठाउँ डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका–४ घर भएका ३१ वर्षीय दिनेश आले छन् ।

पक्राउ परेकाहरूबारे आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख यी २० विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा
अर्को लेख किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

२०८२ जेष्ठ ३०, शुक्रबार १५:२४ गते
अन्तर्राष्ट्रिय

गएको वर्ष विश्वभर झन्डै ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए

२०८१ चैत्र ९, शनिबार १४:३५ गते
राष्ट्रिय

यी चार प्रदेशमा आज भारी वर्षा

२०८१ भाद्र २४, सोमबार ०६:५२ गते
स्वास्थ्य-शिक्षा

त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स

२०८१ मंसिर ९, आईतवार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?