काठमाण्डौं – आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।
सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ४० रुपैयाँ रहेको थियो ।





