यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ४, बुधबार १०:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली–बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्।

मृतक पाली व्यवसायी हुन्। प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्दामा दोषी ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए। त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। नाथले भने ‘अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनेको हुँदा फैसला अनुसारको रकम बुझाउन पाली परिवार नै राजी भएको’ बताउँछन्।

सई नाथको भारतीय व्यापारीसँग पनि सेटिङ हुने गरेको र उनीहरूको फसेको पैसा नाथले उठाउन भूमिका खेल्ने गरेको पालीका आफन्तहरूको आरोप छ। ‘कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु भएको’ आफन्तहरूको भनाइ छ। ‘शरीरभरि घाउ र नीलडाम छन्। यो सामान्य मृत्यु होइन, हत्या हो,’ पदमसिंहले भने।

मृतकका भाइ हिक्मतले पनि ‘घटना रहस्यमय भएको’ भन्दै सत्यतथ्य छानबिनको माग गरेका बताएका छन्।

आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ ।

यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ। मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् ।

न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान उनीहरूले लिएका छन्। साथै उनीहरूले प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरेका छन्।

मृतकका श्रीमती र एक छोरा रहेका छन्।

अघिल्लो लेख धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति
अर्को लेख कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०८१ पुष १, सोमबार ०८:०६ गते
राष्ट्रियसमाचार

सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला

२०८२ जेष्ठ २३, शुक्रबार १०:०१ गते
प्रदेशराष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

२०८१ श्रावण ५, शनिबार १८:५४ गते
अर्थ-वाणिज्य

डलर, युरो र रियालको भाउ बढ्यो

२०८१ मंसिर २८, शुक्रबार ०८:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?