यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलित समुदायका ७० बालबालिकालाई शैक्षिक सामग्री सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलित समुदायका ७० बालबालिकालाई शैक्षिक सामग्री सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

दलित समुदायका ७० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १, आईतवार १५:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका आर्थिक अवस्था कमजोर रहेका दलित समुदायका ७० बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग गरिएको छ।

चालु आर्थिक वर्षको नगरपालिकाको दलित लक्षित वर्गको मागमा आधारित कार्यक्रमअन्तर्गत राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा अतिविपन्न परिवारका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो।

नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका अतिविपन्न दलित परिवारका ७० जना बालबालिका जनही १५ कापी, एक झोला, एक जोर विद्यालय पोसाक, एक थान औजार बक्सलगायत सामग्री सहयोग गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताए। नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयबाट तीनजना दरले बालबालिकाको छनोट गरी नाम पठाएका आधारमा शैक्षिक सामग्री वितरणको गरिएको उनले बताए।

एक कार्यक्रमका बीच नगरप्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पनाकुमारी जोशी पन्त, दलित अधिकारकर्मी गोविन्द नेपाली, अनिता नेपाली, गणेश विक, समाजसेवी दीपक भट्टलगायतले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका थिए। त्यसक्रममा नगरप्रमुख महराले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुनुहँुदैन भनेर नगरपालिकाको बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चिएको बताए। उनले शिक्षाको गुणस्तर सुधारका लागि विषयगत, कक्षागत शिक्षक व्यवस्थापनसँगै सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका प्रधानाध्यापकको व्यवस्था गरिएको र एक वर्ष नपुग्दै विगतको तुलनामा कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सन्तोषजनक आएको बताए।

नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन सबैले सहयोग गर्नुपर्ने बताए। ‘विद्यालय भर्ना भए पनि बीचमै छाड्नेमा दलित समुदायका बालबालिका धेरै छन’, उनले भने, ‘वर्षभरि विद्यालयमा टिकाइ राख्नका लागि शैक्षिक सामग्री, पोसाक वितरण, दिवा खाजालगायत कार्यक्रमले सघाउ पुग्छ, त्यसलाई प्रभावकारी बनाइनुपर्छ।’

दलित अधिकारकर्मी गोविन्द नेपालीले सानो सहयोगले ठूलो अर्थ राख्ने भएकाले शैक्षिक सामग्री वितरणलगायत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। दलित समुदायका विद्यार्थीसँगै अभिभावकको आर्थिक अवस्थामा सुधारका लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिनुपर्ने अभियन्ता अनिता नेपालीले बताए। आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा दलित बालबालिकाबाट शुल्क असुल्दै आएकाले सो बन्द हुनुपर्ने दलित अगुवा गणेश विकको भनाइ थियो।

अघिल्लो लेख ठाउँ-ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
अर्को लेख बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

२०८२ भाद्र २३, सोमबार १८:४८ गते
समाचार

चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा

२०८१ माघ ११, शुक्रबार १२:२५ गते
राष्ट्रिय

तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जनाको ज्यान गयो

२०८१ पुष ७, आईतवार ०९:३७ गते
राजनीति

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने

२०८१ मंसिर ९, आईतवार ०९:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?