यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १७, शनिबार ११:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपालमा मनसुन भित्रिएलगत्तै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू भएको छ ।

बिहीवारराति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको ठूलो पानीले धरान–धनकुटा सडक खण्डको सागुरीगढी गाउँपालिका–६ फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढीपहिरोका घटना भएको र त्यस क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर अवधिभन्दा १५ दिनअगावै मनसुन भित्रिएको हो । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

झापा, इलाम, मोरङ र सुनसरी जिल्ला भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायत नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

अबका तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने देखिएको छ ।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद
अर्को लेख कैलाली र कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शिक्षकलाई ललितपुर महानगरको उर्दी-भोलिदेखि पठनपाठन थाल्नू

२०८२ बैशाख १५, सोमबार १७:१८ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८२ श्रावण ८, बिहीबार १०:१५ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
राष्ट्रिय

गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा १९ जना घाइते

२०८१ भाद्र ७, शुक्रबार १५:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?