यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १५, बिहीबार १४:०० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रको तुलना नै नहुने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नै नभएको बताए।

राज्यका जिम्मेवारीमा रहेकाहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने, गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता राष्ट्रका चुनौती भए पनि हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नहुने प्रधानमन्त्री ओलीको तर्क छ।

‘निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन’, उनले भने, ‘राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन्। गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्त भएको नभई हजारौं जनताको बलिदान र त्यागबाट आर्जन गरेको बताए। ‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौं, आर्जन गरेका हौं– हजारौं जनताको बलिदानबाट र त्यागबाट। मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौं’, उनले भने, ‘हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौं।’

हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू ताक्ने प्रणालीको ठाउँमा आज जनता आफैँ लडेर, मतदान गरे उच्च पदमा पुग्ने अवस्था बनेको प्रधानमन्त्रीले बताए।

‘हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैंले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात÷जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुन्छन्। सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ’, राजावादीप्रति उनले भने, ‘यसको लाभ लिएर निरंकुशतावादीहरूले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेका छन्।’

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
अर्को लेख ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुग्यो : अर्थमन्त्री पौडेल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

गोदावरीको हाडखोलीमा डुबेर बालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार १०:१२ गते
खेलकुद

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

२०८१ कार्तिक ३०, शुक्रबार ०९:३९ गते
राष्ट्रिय

आज विश्व शौचालय दिवस मनाइँदै

२०८१ मंसिर ४, मंगलवार ०९:०३ गते
राजनीति

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

२०८१ कार्तिक १०, शनिबार १२:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?