यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ७, बुधबार ११:१२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ – बहुप्रतीक्षित विद्यालय शिक्षा विधेयक-२०८० असार १५ भित्र टुंगोमा पुर्‍याउनुपर्ने दबाब बढ्दो छ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकको उपसमितिबाट प्रतिवेदन बुझिएसँगै अब समितिले सबै राजनीतिक दल, सरोकारवाला पक्ष र आन्दोलनरत पक्षसँग सहमति जुटाएर विधेयक अगाडि बढाउनुपर्ने चुनौती खेपिरहेको छ। उक्त प्रतिवेदनमाथि आजदेखि मूल समितिमा छलफल सुरु भएको छ।

शिक्षा समितिको गत चैत ८ गतेको बैठकले समिति सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरी विधेयकमाथि विस्तृत अध्ययन गराएको थियो। उपसमितिले ४५ दिनको अध्ययनपछि १६३ दफालाई परिमार्जन गरी १७२ दफा बनाएको छ। प्रतिवेदन अनुसार १०१ दफा संशोधन, १३ दफा थप, १३ दफा प्रतिस्थापन र ४ दफा हटाइएको उल्लेख छ।

उपसमितिको प्रतिवेदनमा एसईई परीक्षा खारेज गर्ने, जिल्ला शिक्षा कार्यालय नरहने, ६० प्रतिशत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने, प्रतिस्पर्धामा असफल भएकालाई सुविधासहित बिदाइ दिने, प्रधानाध्यापकलाई प्रदेशबाट प्रतिस्पर्धा गराई नियुक्त गर्ने, निजी विद्यालयलाई छात्रवृत्ति वितरणमा कडाइ गर्ने र शिक्षकको सरुवा अवधि ५ देखि ७ वर्षभित्र सीमित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

तर, बाल विकास कक्षा कति वर्ष कायम गर्ने र निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने कि नगर्ने विषयमा उपसमितिमा सहमति जुट्न नसकेको जनाइएको छ। यी विषयमा शिक्षा समितिको पूर्ण बैठकले अन्तिम निर्णय लिनेछ।

उपसमितिको प्रतिवेदन बाहिरिएपछि नेपाल शिक्षक महासंघले कडा असन्तुष्टि जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका पदाधिकारीहरूले प्रतिवेदनलाई पूर्वाग्रही र पश्चगामी भन्दै खारेज गर्न माग गरेका छन्।

महासंघले शिक्षकको आवधिक बढुवा, सरुवा, अस्थायीलाई स्थायी बनाउने प्रक्रिया र माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डमार्फत गर्ने जस्ता व्यवस्थामा आपत्ति जनाउँदै माग सम्बोधन नभए चैतको आन्दोलनभन्दा झन ठूलो संघर्ष गर्ने चेतावनी दिएको छ।

असार १५ भित्र विधेयक संसद् पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको शिक्षा समितिमाथि अब सहमतिको आधारमा विधेयक पारित गराउने ठूलो जिम्मेवारी आएको छ। शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते विधेयक असार १५ मा संसद् पुर्‍याउने सहमति भएको थियो।

अघिल्लो लेख सरकारमा पहिलो पटक कांग्रेसले एमालेलाई पेल्यो, ओलीको मनोपोलीमा यसरी हावी भए देउवा
अर्को लेख कसैले चाहँदैमा सरकार ढल्दैन : एमाले महासचिव पोखरेल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ६ महिनामा १२३३ जनाको मृत्यु

२०८१ फाल्गुन ६, मंगलवार ११:१४ गते
अर्थ-वाणिज्य

सुनको भाउ घट्यो, चाँदीको सामान्य बढ्यो

२०८१ फाल्गुन १५, बिहीबार १३:३१ गते
अर्थ-वाणिज्यसमाचार

सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो

२०८२ आश्विन २३, बिहीबार १६:१८ गते
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तान दुवै देशमा हवाई उडान प्रभावित

२०८२ बैशाख २४, बुधबार १०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?