यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १०, शनिबार १३:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ ।

एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् ।

सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताउनु भएको छ ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपतकालीन राहत केन्द्रहरू स्थापना गरिएको छ ।

हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।

यो दशकौंदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए ।

अघिल्लो लेख इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
अर्को लेख चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा

२०८१ भाद्र १, शनिबार १६:२७ गते
अर्थ-वाणिज्य

सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो

२०८१ माघ १९, शनिबार १२:४० गते
राष्ट्रिय

त्रिशूलीमा बेपत्ता बस खोज्ने क्रममा हराएको १९ किलोको चुम्बक नारायणीमा भेटियो

२०८१ श्रावण १४, सोमबार १३:०१ गते
राजनीतिसमाचार

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी

२०८२ मंसिर १७, बुधबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?