यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २, शुक्रबार २०:३५ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ –सेवा र विकासका लागि युवाको स्थापना वि.सं. २०७५ फाल्गुन १५ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता एवम् विधिवत् पञ्जिकरण भएको सामाजिक संस्था हो।

समाज जीवनका विभिन्न क्षेत्रमा कार्य गरिरहेका स्वयंसेवी भावका युवाहरू एवम् देशका विभिन्न क्षेत्र र तहमा रहेका युवालाई आवद्ध गर्दै समाजमा असल, कुशल, चरित्रवान, इमानदार र राष्ट्रिय दृष्टिकोणयुक्त युवावर्ग निर्माण गर्दै उनिहरूको सोच, क्षमता र कौशललाई समाजहित सेवामूलक एवम् विकास कार्यमा सदुपयोग गर्न र युवाशक्तिलाई विकासका विभिन्न कार्यमा सक्रिय गराउने ध्येयका साथ सेवा र विकासका लागि युवाको स्थापना भएको हो ।

जसले आफ्‌नो स्थापनाकालदेखी नै निरन्तर रूपमा सेवामूलक गतिविधिका साथै सीप विकास केन्द्र सञ्चालनमार्फत् नेपालका युवाहरूलाई निरन्तर सेवा एवम् समाजहितको कार्यमा प्रेरित गरिरहेको छ।

हालसम्म सेवा र विकासका लागि युवामार्फत धादिङ जिल्लाको चेपाङ बस्तीमा आर्थिक सहयोगका साथै लत्ता कपडा वितरण कार्यक्रम, बारा जिल्लामा हावाहुरी प्रभावित क्षेत्रमा खाद्यान्नका साथै जिन्सि सामग्रीको वितरण कार्यक्रम, लमजुङ, चितवन, पर्वत, दाङ लगायतका जिल्लाहरूमा वृहत् शैक्षिक सामग्री वितरण कार्यक्रम, जाजरकोटमा गएको भुकम्प पश्चात भुकम्पबाट प्रभावित बारेकोटको एक विद्यालयमा ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा ५०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निशूल्क कम्प्युटर प्रशिक्षण, कपडा बैंक सञ्चालन, विभिन्न शैक्षिक सामाजिक समसामयिक विषयमा विचारगोष्ठी, अन्तरक्रिया, जीवनउपयोगी सीपमूलक तालिम, सरसफाइ अभियान लगायतका कार्यक्रमहरू विभिन्न समयमा भइरहेको छ।

सेवा र विकासका लागि युवाले आफ्‌नो सेवाकार्य अन्तर्गत यस वर्षपनि विद्यार्थीहरूमाझ शैक्षिक सामग्री वितरण कार्यक्रम-२०८२ सुरु गर्ने भएको छ। यस वर्ष विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी अलग अलग १३ वटा जिल्लाका कक्षा ८ देखी १२ सम्म अध्ययनरत २५ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने छ । जसमा गुरुकुल र गुम्बामा अध्ययनरत विद्यार्थी पनि समावेश रहेका छन्। पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्गाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, तनहूं लगायतका १३ वटा जिल्लामा कक्षा ८ देखी १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने छ ।

उक्त शैक्षिक सामग्री नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्ने, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि बस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले सेवा र विकासका लागि युवाको आग्रहलाई स्वीकार गरी भारत सरकारको सहयोगबाट प्राप्त भएको हो ।

विद्यार्थीहरूमा नै राष्ट्रको वर्तमान र भविष्य निहित हुने भएकाले विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नु तपाईं हामी सबैको दायित्व हो । सेवा र विकासका लागि युवाको यो सार्थक प्रयासमा यहाँहरू सबैको आवश्यक सहकार्य र समन्वय रहने छ भन्ने अपेक्षा गरेका छन ।

अघिल्लो लेख छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
अर्को लेख विश्व दूरसञ्चार दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

२०८२ आश्विन १३, सोमबार १३:२७ गते
प्रदेशबाजुराराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाजुरामा वैकल्पिक सडक निर्माण कार्य तीव्र

२०८१ असार २४, सोमबार ११:०५ गते
राष्ट्रिय

विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड

२०८१ मंसिर २०, बिहीबार १०:१८ गते
राष्ट्रियसमाचार

अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु

२०८२ श्रावण ७, बुधबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?