यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २९, सोमबार १६:०० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – महोत्तरीमा पानीको हाहाकार बढेको छ । जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो ।

खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन् ।

खोल्साखोल्सी र नदीको पानी संग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ । पानीको संकटले सर्वसाधारण हैरान छन् । बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले संग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन् । यहाँका चार वडामा इनार बढी प्रयोगमा छन् । बर्दिबास–१२ का दुई/तीनवटा बस्तीमा चापाकल छन् ।

“हेर्नोस् न, धारा त चल्नै छाड्यो, अब के गर्ने होला ?”, बर्दिबास–२ बँदेलखाडीकी गृहिणी पवित्रा खड्का भन्छिन्, “यो गर्मीमा सास कसरी अल्झाउने ?” पछिल्ला केही सातायता धाराबाट कतिखेर पानी झर्छ भनेर रातरातभर कुरेर बिताइएको खड्काको भनाइ छ ।

बर्दिबास–१२ को जुडी, बर्दिबास–१ को पानीखोल्सी, शिरखोला एवं भंगाहा–४ का कदमखाडी, जोकाहा र भुताहा जरुवा पानीको ठाउँमा टल्कने बालुवा मात्रै देखिन्छ । बर्दिबास र गौशालाका दक्षिणी भेग भंगाहाका इनारमा अब डोल नै डुब्न छाडेका छन् ।

गौशालाका ६, ७ र ९ नम्बर वडाबस्तीका आर्टिजन बोरिङ (पानी बगी रहने) मा पानी झर्न छाडेको गौशाला–९ डुमरवानाका शिवशरण राय बताउछन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गए पनि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भंगाहा र गौशाला नगर क्षेत्रमा भने बढी हाहाकार भएको हो ।

अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन् । पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन् ।

नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउछन् । पछिल्ला चार९पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिडडुल निकै पातलिएको छ । -रासस

अघिल्लो लेख बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव
अर्को लेख त्यस रात कसले हत्या गर्यो ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१ चैत्र २४, आईतवार १०:०० गते
राष्ट्रिय

अण्डाको भाउ अहिलेसम्मकै उच्च

२०८१ पुष १३, शनिबार १२:४१ गते
राष्ट्रिय

कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि आजदेखि बन्द

२०८१ फाल्गुन २, शुक्रबार ११:४५ गते
समाचार

डोटीमा आज साहित्य उत्सव हुँदै

२०८१ आश्विन ३, बिहीबार ०८:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?