यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १५, सोमबार १५:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सांसदहरूले काठमाण्डौंमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएको भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताए । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर शिक्षकहरू घाइते भएको घटनाप्रति भर्त्सना गर्दै ऐन बनाएर उनीहरूको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित भइरहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले शिक्षकहरूमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै उनीहरूको माग पूरा गर्न सरकारसमक्ष माग गरे ।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले शिक्षकहरूमाथिको दमन ठीक नभएको भन्दै विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई जानकारी गराउन माग गरे ।

यस्तै नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले शिक्षकहरूमाथि दमन गरेकोमा विरोध गर्दै समस्या चाँडो समाधान गर्न आग्रह गरिन् । शिक्षक आन्दोलनका क्रममा हिजो प्रहरीसँग झडप भएको थियो ।

शिक्षकहरूले आज २७औं दिन पनि काठमाण्डौंमा प्रदर्शन गरिरहेका छन् ।

अघिल्लो लेख बझाङमा महिलाको शव फेला
अर्को लेख राजा ल्याउन हामी राजावादी एकजुट भएका छौँ : संयोजक नवराज सुवेदी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं : प्रचण्ड

२०८१ भाद्र १३, बिहीबार १६:१८ गते
राजनीतिसमाचार

‘प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन’ : कांग्रेस

२०८२ जेष्ठ १२, सोमबार १४:४३ गते
राजनीतिसमाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १५:३८ गते
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

२०८१ श्रावण १४, सोमबार ०९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?