यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन, शिक्षक महासङ्घकाे आपत्ति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन, शिक्षक महासङ्घकाे आपत्ति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन, शिक्षक महासङ्घकाे आपत्ति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३, बुधबार १३:३४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेकोविरुद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ सङ्गठनले आपत्ति जनाएको छ ।

रास्कोट नगरपालिकामा रहेका शिक्षक सङ्घ सङ्गठनले शिक्षक आन्दोलनमा रहेका बेला मध्यस्तकर्ताको भूमिका खेल्ने निकाय शिक्षा शाखा प्रमुख आफैँले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गर्नु आपत्तिजनक भएको बताएको छ ।

शिक्षकहरू माग पूरा गराउन सङ्घीय राजधानी केन्द्रित भएका बेला परीक्षा लिन नसक्ने भनेपछि शिक्षा शाखा प्रमुख खेमराज शाहीले विद्यालयको ताला फोडेर परीक्षा लिएका थिए । कक्षा ८ को ग्रेडवृद्धी परीक्षा लिन शिक्षकले अस्वीकार गरेपछि शाखा प्रमुख शाहीले सानका साथ ताला फोड्नु निन्दनीय कार्य भएको शिक्षकहरूका नेताद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

शिक्षक नेताहरू खेमराज न्यौपाने, लोकराज न्यौपाने, मेकेन्द्रबहादुर शाही, अबिलाल सज्याल, उपेन्द्रप्रसाद न्यौपाने, तपराज न्यौपानेद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञाप्तिमा शाखाका प्रमुखको कार्य शैक्षिक सुधारको विपरित रहेको उल्लेख छ । यस्ता दम्बले शैक्षिक गुणस्तर सुधारभन्दा पनि झन समस्यामा पर्ने भएकाले यो गल्ती सच्याउन विज्ञाप्तिमार्फत अनुरोध समेत गरेका छन् ।

परीक्षाको बहाना गर्दै शिक्षा शाखा प्रमुख शाहीले नगरको नमुना माध्यमिक विद्यालय वडिमालीका माध्यमिक विद्यालयको ताला फोडेका हुन् । स्थानीय पुष्पराज शाहीले शिक्षा प्रमुख खेमराज शाहीद्वारा हस्तक्षप गरेर विद्यालयको ताला फोडिएको बताए । अरूलाई सार्वजनिक मुद्दा लाग्छ, ताला फोड्नै परे पनि प्रहरीको मुचुल्का चाहिन्छ होला तर नगर शिक्षा शाखा प्रमुखले सिँधै ताला फोडेर विद्यार्थीलाई भित्र राखेर परीक्षा लिएको बताए ।

शिक्षा शाखा प्रमुख शाहीले शिक्षकले परीक्षामा आफुहरू सहभागी नहुने भनेर कक्षा कोठा खोले पनि हिक्मत शाही लगायतका व्यक्तिले पुनः कक्षा कोठामा ताला लगाएकाले आफुले फोडेको स्वीकार गरे । केही प्रहरी मुचुल्का चाहिँदैन आन्दोलनकारीले ताला लगाएको होइन फरक व्यक्तिले लगाएकाले प्रहरी मुचुल्का बिना ताला फोडेर विद्यार्थीलाई परीक्षा दिन लगाएको शाहीको जिकिर छ । शाखा प्रमुख शाहीले शिक्षक नेताहरूको विज्ञाप्तिलाई आफुविरुद्धको आरोप पत्र मात्र भएको प्रतिक्रिया दिए ।

अघिल्लो लेख चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता
अर्को लेख आईपीएल क्रिकेटमा आज दिल्ली र राजस्थान खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदस्वास्थ्य-शिक्षा

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा सुरु

२०८१ भाद्र २५, मंगलवार १३:१३ गते
स्वास्थ्य-शिक्षा

नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

२०८१ पुष ७, आईतवार १०:३८ गते
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य क्याम्पसलाई र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजियो- क्याम्पस प्रमुख भट्ट

२०८१ कार्तिक १७, शनिबार १४:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?