यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एरिष्टो स्कुलले सात किसिमका छात्रवृत्ति दिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एरिष्टो स्कुलले सात किसिमका छात्रवृत्ति दिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

धनगढीको एरिष्टो स्कुलले सात किसिमका छात्रवृत्ति दिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २९, शुक्रबार २०:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढी–८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट कक्षा ११ को पढाइ गर्ने भएको छ। विद्यालयले व्यवस्थापन विषय अध्यापन गराउने भएको हो।

२०४९ मा खुलेको एरिष्टो स्कुलले आफ्नै नवनिर्मित विद्यालय भवनमा कक्षा ११ को पढाइ गर्ने भएको हो। विद्यालयले व्यवस्थापन विषयसँगै शैक्षिकसत्र २०८३ बाट विज्ञान विषयको समेत पढाइ सुरू गर्ने प्रधानाध्यापक हरि क्षेत्रीले बताए। उनले विद्यालयले कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने बताए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सिक्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने बताए।

६ किसिमका छात्रवृत्ति प्रदान गरिने

प्रधानाध्यापक क्षेत्रीले कुनै पनि विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेको एक जना विद्यार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरिने बताए।

कलेज छात्रवृत्ति शिर्षकमा हरेक वर्ष एकरएक जना विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन्। यसैगरी, विद्यालयले राष्ट्र सेवक छात्रवृत्ति शिर्षकमा राष्ट्र सेवक प्रहरी जवानहरूको एक जना विद्यार्थीलाई हरेक वर्ष कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। विद्यालयले दुर्गम छात्रवृत्ति शिर्षकमा सुदूरपश्चिमका पहाडी जिल्लामा स्थायी बसोबास रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गर्ने भएको छ।

कक्षा ८ देखि नै खान, बस्न, पोसाक र कापी किताबसमेत प्रदान गरिने प्रधानाध्यापक क्षेत्रीले बताए। विद्यालयले क्रियाशील पत्रकार मध्ये छनोट भएका पत्रकारका एकजना सन्तानलाई कक्षा १ देखि १२ सम्म पूर्ण छात्रवृत्ति दिने, एकल महिलाका एक जना सन्तानलाई पनि पूर्ण छात्रवृत्ति दिने जनाएको छ भने विद्यालयका शिक्षक तथा कर्मचारीका एक÷एक जना सन्तानलाई पूर्ण छात्रवृत्ति दिँदै आएको जनाएको छ।

विद्यालयले सरकारी नियमअनुसार दिनुपर्ने छात्रवृत्तिका अतिरिक्त माथि उल्लिखित छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। एरिष्टो स्कुलले शिक्षक कर्मचारीहरूलाई पाँच लाखको बिमा सुबिधा दिनुका साथै आगामी आर्थिक वर्षबाट शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोष र सञ्चयकोषको व्यवस्था गरिने प्रधानाध्यापक क्षेत्रीले बताए।

अघिल्लो लेख धनगढीको पौवा होटलमा नयाँ वर्षको अवसरमा चैत ३१ गते सांगीतिक कन्सर्ट हुने
अर्को लेख ऐश्वर्य क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति चयन, सभापतिमा सह प्रा. अवस्थी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण

२०८१ मंसिर २१, शुक्रबार १४:२३ गते
खेलकुद

विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोलीको बिदाइ

२०८१ फाल्गुन २२, बिहीबार १४:१३ गते
राष्ट्रिय

सौर्य एयरको जहाज दुर्घटना: घाइते क्याप्टेनको अवस्था खतरामुक्त

२०८१ श्रावण ९, बुधबार २०:५३ गते
राष्ट्रिय

मेलम्चीको पाइप फुटेपछि बबरमहलमा अस्पतालदेखि अदालतसम्मको सेवा प्रभावित

२०८१ माघ ३०, बुधबार १८:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?