यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २२, शुक्रबार ११:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौंको तीनकुनेमा गएको शुक्रवार भएको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ ।

राजावादीहरुको प्रदर्शनमा भएको हुलदङ्गा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको बीमा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा दाबी पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ करोड १७ लाख ५० हजार रुपैयाँभन्दा बढीको दाबी पेश भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, नेको इन्स्योरेन्समा ५२ लाख, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६ लाख रुपैयाँको दाबी पेश भएको छ ।

सबै कम्पनीमा गरी कुल ४३ वटा दाबी पेश भएको हो । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा, सम्पत्ति बीमा र विविधअन्तर्गत ४३ वटा दाबी पेश भएको छ ।

सबैभन्दा धेरै मोटर बीमा बापत २२ वटाको १ करोड २९ लाख रुपैयाँ दाबी पेश भएको छ । यस्तै सम्पत्ति बीमा तर्फ १६ वटाको ३ करोड ११ लाख रुपैयाँको दाबी पेश भएको बीमा प्राधिकरणले जनाएको छ ।

अघिल्लो लेख धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
अर्को लेख सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुन तोलाको १ लाख ९२ हजार २ सय

२०८२ बैशाख २५, बिहीबार ११:२१ गते
अर्थ-वाणिज्य

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍यो

२०८१ पुष १२, शुक्रबार १२:३० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख नाघ्यो

२०८२ भाद्र १३, शुक्रबार १२:१६ गते
अर्थ-वाणिज्यसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा बढोत्तरी

२०८१ आश्विन ३, बिहीबार १३:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?