यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १२, मंगलवार १०:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

अमरगढी (डडेल्धुरा)। जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।

तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३१५ को जाँच गर्ने लक्ष्य रहे पनि १४६ जनामात्र परीक्षण गरिएको थियो । हालसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकामा ३२ जना रहेका छन् ।

यसैबीच, ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता हो’ भन्ने नाराका साथ यहाँ विश्वक्षयरोग दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले सहकार्य र समन्वय सफलता प्राप्त गर्ने मुख्य आधार भएको भन्दै क्षयरोग नियन्त्रणका लागि सबै निकायले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्थानीय स्रोत व्यक्ति हरिप्रसाद भट्टका अनुसार नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगी देखापर्ने बताउँदै ३० हजार बिरामीको मात्र पहिचान हुने जानकारी दिए । क्षयरोग सजिलै सर्ने भएकाले एक सङ्क्रमित व्यक्तिले १० देखि १५ जनासम्मलाई यो रोग सार्नसक्ने भएकाले सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

गत वर्ष ८८ बिरामी उपचारपछि निको भएकामा छ जनाको मृत्यु भएको थियो । यस वर्ष हालसम्म एक जनाको मृत्यु भइसकेको छ । कार्यक्रममा सहभागीहरूले क्षयरोगबारे जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थियो ।

अघिल्लो लेख अछाममा जलेको अवस्थामा किशोरीको शव फेला
अर्को लेख पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

२०८१ आश्विन १७, बिहीबार १२:४९ गते
डडेल्धुरा

रुपालको बयलपाटा बजार : बडादसैँमा पनि छैन चहलपहल [फोटोफिचर]

२०८१ आश्विन २६, शनिबार १८:०५ गते
डडेल्धुरासमाचार

डडेल्धुरामा २ करोड ६१ लाखमा निर्मित औद्योगिक ग्रामको भवन प्रयोगविहीन

२०८२ श्रावण २१, बुधबार ११:५३ गते
डडेल्धुरा

डडेल्धुराको परशुराम धाममा दारी ग्याङद्वारा वृक्षारोपण

२०८१ भाद्र ८, शनिबार १७:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?