धनगढी :धनगढी उपमहानगरपालिका ०१ पार्कमोड क्षेत्रमा प्रत्येक शनिबार लाग्ने शनिवारिय उद्यम मेला बन्द भएको हल्ला भ्रम मात्र भएको मेयर गोपाल हमालले बताएका छन्।
पछिल्लो समय मेला नलाग्ने भनिएको हल्ला भ्रम मात्र भएको मेयर हमालले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन्।
उनले लेखेका छन्,’ ‘धनगढी उमहानगरपालिका भित्र महिला सीपको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको समन्वय र धनगढी उपमहानगरपालिकाद्वारा आयोजना गरी २०८१ मङ्सिर १ गते शनिवार देखि नियमित शनिवार सञ्चालन भएको शनिबारीय महिला उद्यम बजार बन्द भएको हल्ला गरी भ्रम सृजना गरेकाले शनिवारीय महिला उद्यम बजार नियमित चलिरहने र सोही अनुसार भोलि २०८१ चैत्र २ गते पनि सञ्चालन रहने सम्पूर्ण महिला उद्यमी सहित नगरवासीमा जानकारी गर्दछु ।’




