धनगढी – धनगढीको ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्ट सम्मानित भएकी छन् ।
११५ औं महिला दिवसका अवसरमा सौंराई नारी सम्मान २०८१ बाट प्राचार्य भट्टलाई नगदसहित सम्मान गरिएको हो ।
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशकी राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्राचार्य भट्टलाई नगदसहित सम्मानित गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।






