यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २२, बिहीबार १५:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सरकारले चालक अनुमतिपत्र अर्थात् ‘ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ ।

अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिए । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि उमेर बढाउन प्रस्ताव गरेको उनको भनाइ छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउनदेखि फागुन १९ गतेसम्म ६ हजार ८ सय ३४ जना चालकबाट गाडी दुर्घटना भएकामा झन्डै एक तिहाइ अर्थात् २ हजार २ सय जना चालकको उमेर १६ देखि २५ वर्ष छ । सबैभन्दा कम दुर्घटना ४१ वर्षभन्दा बढी उमेरका चालकबाट भएको पाइन्छ ।

सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला गाडी चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । यस्तै मन्त्रालयले कम्तीमा कक्षा ८ उत्तीर्ण भएकालाई मात्रै चालक अनुमतिपत्र दिने प्रस्ताव पनि गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुई पाङ्ग्रे गाडीको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम पनि प्रस्ताव गरिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख महोत्तरीको गौशालामा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा
अर्को लेख तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते

२०८२ असार १४, शनिबार १४:५६ गते
राष्ट्रियसमाचार

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८२ असार १९, बिहीबार ११:२९ गते
राजनीति

स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड

२०८१ फाल्गुन २९, बिहीबार १५:०७ गते
राष्ट्रिय

पूर्वपश्चिम राजमार्गको दुम्कीबासमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध

२०८२ बैशाख १९, शुक्रबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?