धनगडी – १० औं राष्ट्रिय फूल कन्ट्याक्ट कराते प्रतियोगिताको प्रदेश छनौटमा सुदूरपश्चिमका प्रशिक्षक र खेलाडीहरूले बहिस्कार गरेका छन्।
प्रतियोगिता सञ्चालनमा नतिजा निर्धारण गर्ने निर्णयाकारहरूको सल्लाह बिना संयोजक पुष्पलाल रोकायाले फूल कन्ट्याक्ट कराते महासंघलाई मान्यता दिने विवादास्पद निर्णय लिएका थिए।
सुदूरपश्चिमका ६ जिल्लाका प्रशिक्षक र ४५ खेलाडीहरूको समूहले यो निर्णय अस्वीकार गर्दै प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन्। प्रशिक्षक र खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त संस्थाको सहकार्यमा मात्रै प्रतियोगिता सञ्चालन गर्नुपर्ने अडान राखेका छन्।
सदस्य जिल्ला समितिहरूले हालै पठाएका नामवली पत्र र अन्य आवश्यक कागजातहरू भने निवेदनसँग संलग्न गरिएका छन्। यस घटनाको बाबत प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदसँग चाँडै प्रतिक्रिया आउने अपेक्षासहित सम्बन्धित निकायलाई यो जानकारी पठाइएको छ।





