यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिफसर : राज्यले नचिनेका विराट प्रतिभा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिफसर : राज्यले नचिनेका विराट प्रतिभा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीविचार/ब्लगस्वास्थ्य-शिक्षा

चिफसर : राज्यले नचिनेका विराट प्रतिभा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार ०८:२५ गते
SudarshanTelevision
9 मिनेटको
सेयर गर्नुहोस्

सामान्यतया हाम्रो समाजमा नेतृत्व गरिसकेका व्यक्तिहरूका तमाम आलोचकहरू हुन्छन्। कसैले आलोचना हुने खालको काम अर्थात् गलत काम गरेर आलोचित भइरहेका हुन्छन्। तर, अधिकांश मानिसहरू आलोचित हुनुको एउटै कारण हुन्छ, नेतृत्वसँग केही न केही अपेक्षा हुनु। “मेरो लागि केही गरिदेओस” अथवा “समाजका लागि केही गरिदेओस” भन्ने चाहना हुन्छ। नेतृत्वका आफ्नै पदीय दायरा, मर्यादा, आर्थिक, कानुनी, सामाजिकलगायतका विभिन्न खालका समस्या हुन्छन्। त्यसकारण केही काम पूरा गर्न सकिन्छ, केही सकिँदैन भने, कतिपयले नियतवश पनि काम नगरेको देखिन्छ। अझ भनौं, कतिपय कुराहरू त पूरा गर्न सम्भव नै हुँदैनन्। काम गर्ने चाहना हुँदाहुँदै पनि विभिन्न कारणले गर्न सकिँदैन। आफूले चाहेको वा अपेक्षा गरेको कुरा प्राप्त नहुँदा, विशेषगरी आफूले आसा र विश्वास गरेका व्यक्तिबाट झन् काम नहुँदा, गुनासो गर्नु, चित्त दुखाउनु, आलोचना गर्नु स्वाभाविक नै हो। संसारका ठूला राष्ट्रहरूमा पनि यही हुन्छ। हाम्रो देशमा पनि छ।

अहिले समाजमा कुनै न कुनै ठाउँमा नेतृत्व गरेका, जिम्मेवारीमा रहेर काम गरेका अधिकांश व्यक्तिहरू आलोचित भएका छन्, उनीहरूका थुप्रै विरोधीहरू रहेका छन्। समाजमा नकारात्मक प्रभाव परेका छन्। आज सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका थुप्रै व्यक्तिप्रति मानिस निराश छन्। एक पटक अवसर प्राप्त गरेर नेतृत्व गरेका धेरै व्यक्ति यस्तै कारणले विलीन भएका छन्। तर, कोही-कोही यस्ता व्यक्तित्व छन्, जसको नाम सुन्दा गर्वले छाती चौडा हुन्छ, श्रद्धाले शिर झुक्छ, मनदेखि सम्मानको भावना झल्किन्छ। यस्तो सम्मान उनीहरूको असल कर्म, मेहनत, कुनै न कुनै रूपमा देखाएको इमानदारिता र समाजका निम्ति गरेको योगदानका कारण प्राप्त भएको हो।

त्यस्ता महान व्यक्तिमध्ये एक हुनुहुन्छ—शिक्षाविद्, प्राध्यापक डा. हेमराज पन्त। उहाँले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अविस्मरणीय छ। झन्डै ४२ वर्ष अध्यापन गराउनुका साथै, २२ वर्ष सुदूरपश्चिमको शैक्षिक धरोहर मानिने कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको रूपमा तथा झन्डै पाँच वर्ष सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारजस्ता महत्वपूर्ण जिम्मेवारीमा रही काम गर्दा पनि उहाँको आलोचना वा नकारात्मक टिप्पणी सुन्न पाइएको छैन। यतिका समय नेतृत्व गर्दा कैयौं सफलतासँगै असफलताहरू पनि रहे होलान्। धेरैजनाको चित्त बुझाउन नसकिएको हुन सक्छ। कतिपयको अपेक्षाअनुसारका काम गर्न नसकिएको हुन सक्छ। तथापि, उहाँको ज्ञान, क्षमता र योग्यता प्रस्तुत गर्दै कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सबैलाई समेट्ने, समस्या समाधान गर्ने क्षमताका कारण उहाँप्रति आम मानिसको विश्वास कायमै रहेको छ।

डा. हेमराज पन्त सरलाई धनगढी उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको देख्दा असाध्यै खुशी लागेको छ। यस सम्मानले समाजमा एउटा नयाँ दृष्टिकोण स्थापित गरेको छ, “असल कर्म गर्नेले सम्मान, प्रतिष्ठा पाउँछ, त्यसैले असल कर्म गर्नुपर्छ।” असल कामलाई सम्मानले कुरेर बसेको हुन्छ। अब अन्य व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दै गर्दा यो सम्मानलाई सम्झिनेछन्। त्यसका निम्ति धनगढी उपमहानगरलाई हार्दिक धन्यवाद छ।

अब आउने पुस्तालाई हामीले असल कर्म गर्दा के प्राप्त हुन्छ भनेर सम्झाउनुपर्ने छैन। “इमानदारपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने डा. हेमराज पन्त जस्तै बन्न सकिन्छ। समाजले यस्तै सम्मान गर्छ भन्ने गतिलो उदाहरणका रूपमा उहाँको नाम प्रस्तुत गर्न सकिनेछ। पन्त सर हाम्रो अमूल्य सम्पत्तिका रूपमा, आदर्शका रूपमा, ज्ञानको भण्डारका रूपमा रहनुभएको छ, रहनु हुनेछ। साँच्चै भन्नुपर्दा, उहाँको ज्ञान, क्षमता र योग्यतासँग आँखा जुधाएर बोल्न सक्ने व्यक्ति विरलै होलान्। झन्डै आठ दशक पुग्न लाग्दा पनि उहाँको काम गर्ने ऊर्जा र शक्ति लोभलाग्दो छ। उहाँसँग जुनून छ, सपना छ, योजना छ, अनि त्यही अनुसारको ज्ञान छ। त्यसैले उहाँ हाम्रो अमूल्य सम्पत्ति हो। सम्पत्ति भनेको पैसा मात्र होइन ज्ञान पनि हो । त्यही ज्ञानको सही प्रयोग गर्न सकियो भने पैसा प्रतिष्ठा सबै सजिलै प्राप्त गर्न सकिन्छ । उहाँमा भएको ज्ञानको प्रयोगले समग्र राष्ट्रको अर्थतन्त्रलाई टेवा पुग्ने छ।

तर, मनमा खड्किरहेको कुरा के हो भने, विकसित राष्ट्रहरूले आफ्नो देशका ‘टप’ जनशक्ति मात्र होइन, अन्य देशका ‘टप’ जनशक्तिलाई पनि महँगो पारिश्रमिक दिएर आफ्नो देशको विकासमा सक्रिय राख्छन्। कानुन निर्माण, योजना निर्माण तथा त्यसको व्यवस्थित कार्यान्वयन यस्तै क्षमतावान व्यक्तिहरूले गर्ने भएकाले तिनीहरूको कार्य प्रभावकारी हुन्छ। तर, नेपालमा भने यस्ता विराट प्रतिभालाई सम्मान गरेर कुनामा थन्काउने प्रवृत्ति देखिन्छ। यो निकै गम्भीर विषय हो। सम्मान त गर्नुपर्छ, तर सम्मानका नाममा निष्क्रिय राख्नु न्यायोचित हुँदैन। यति ऊर्जाशील व्यक्तित्वलाई हामीले अझै सदुपयोग गर्न सकिरहेका छैनौ । यत्तिको क्षमता भएका व्यतित्वले नीति तथा ठूला ठूला योजनाहरू निर्माण हुने राज्यका उच्च निकायमा हुनुपर्ने हो । राज्यले नचिनेर उहाँले सामान्य केही संघ संस्थाको सल्लाहकार भएर मात्र बस्नु परेको छ यो निकै दुःखद छ ।

कतिपय निजी संघसंस्थाले उहाँको नाम र तस्बिर मात्र राखेर आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याएका उदाहरण छन्। उहाँको ज्ञानको सानो अंशले पनि निजी क्षेत्रका लगानीकर्ताले ठूलो सफलता प्राप्त गरेका छन्। तर, जहाँ राज्यको लगानी छ, अलिकति पूँजी छ, अथाह सम्भावना छ, त्यहाँ यति विशिष्ट व्यक्तित्वलाई जिम्मेवारी दिने हो भने, त्यसको बृहत् विकास सम्भव छ। तर, राज्यका संरचनामा रहेका नेतृत्वकर्ताहरूले उहाँलाई चिन्न सकेका छैनन्। चिन्न खोजेका छैनन्। चिनेर सदुपयोग गरेका छैनन्। उहाँमा अझै पनि कैयौं “मै हुँ” भन्ने युवा, विद्वान् तथा वरिष्ठ व्यक्तिहरूभन्दा कैयौं गुणा बढी काम गर्ने सामर्थ्य, ज्ञान र क्षमता छ। हाम्रो अमूल्य सम्पत्तिको सही सदुपयोग गर्ने हो भने, थुप्रै महत्वपूर्ण कामहरू गर्न सकिन्छ। त्यसका लागि स्थानीय, प्रदेश वा संघ सरकारका महत्वपूर्ण निकाय, जस्तै : शिक्षा क्षेत्र, योजना आयोग, वित्तीय क्षेत्रजस्ता ठाउँहरूमा उहाँलाई जिम्मेवारी प्रदान गरी पूर्ण रूपमा अधिकार दिने हो भने, सिंगो देशलाई उपलब्धि हुने गरी काम हुनेछ।

नेतृत्वलाई आग्रह छ, यस्ता अमूल्य प्रतिभाको सही समयमा सदुपयोग गरौं। समय सधैं रहँदैन, यो अवसरलाई सही समयमा उपयोग गर्न नसकेर पछि गएर पश्चात्ताप गर्नु व्यर्थ हुन्छ। सधैं कार्यकर्ता र आफन्तको व्यवस्थापन मात्रै गर्ने प्रवृत्ति त्यागी, समाज र राष्ट्रलाई टेवा पुर्‍याउने क्षमता भएका व्यक्तित्वलाई उचित जिम्मेवारी दिने हो भने, यसबाट आम देशवासी लाभान्वित हुनेछन्।

युगले युग निर्माणका निम्ति केही व्यक्तित्वहरू जन्माउँछ। सबै मानिसले युग निर्माण गर्न सक्दैनन्। त्यसैले, मानिसले मानिसलाई चिन्न सक्नुपर्छ। डा. हेमराज पन्त सर त्यस्तै एक युग निर्माता व्यक्तित्व हुनुहुन्छ। अरू बेलामा गुणगान गाउने र सम्झिने मात्र होइन, सही समयमा सही काम गर्ने हो भने, यो नै समाजका लागि असल कार्य हुनेछ। व्यक्तिका लागि र समाजका लागि इतिहासले सम्झिन लाएक काम हुनेछ।

यमराज जोशी
स्ववियु अध्यक्ष
कैलाली बहुमुखी क्याम्पस

ट्याग गरिएको:featured
अघिल्लो लेख आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
अर्को लेख शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु

२०८१ भाद्र २०, बिहीबार १५:३७ गते
राष्ट्रिय

काठमाण्डौंमा शिक्षकहरूको प्रदर्शन

२०८१ चैत्र २०, बुधबार १६:४० गते
कैलाली

धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण

२०८१ भाद्र १६, आईतवार १४:०५ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?