यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ११, शुक्रबार १३:१८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ।

अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो। यस्तो किसिमको प्रविधि एशियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा.सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलोपटक सञ्चालनमा ल्याएको हो। डा.शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा शुरु गराएका हुन्।

डा.शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको शुरुवात गरेका छन्। सांसद डा.शर्माले गरिब परिवारको निःशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गर्नेसम्मका काम निरन्तर रुपमा गर्दै आएका छन्।

यसै क्रममा दक्षिण एशियाका असपतालमध्ये भारतको मुम्बईस्थिति कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘इडिजिइ’ नामक उपकरण नेपालको हकमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ।

नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ। यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मूल गर्नसक्छ।

आइजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ। ब्राकी थेरापीले बिना दुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ। यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ।

नोबेलमा क्यान्सर उपचारको लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम.आर.आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन्। नोबेल मेडिकल कलेज नेपाली काँग्रेसका युवा नेता सांसद डा.सुनिल शर्माको हो।

अघिल्लो लेख कञ्चनपुरमा चरेश बिक्री गरिरहेकी एक महिलासहित ४ जना पक्राउ
अर्को लेख करबाट बच्न क्यानडालाई अमेरिकाको राज्य बन्न राष्ट्रपति ट्रम्पको फेरि प्रस्ताव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

२०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने

२०८१ चैत्र २२, शुक्रबार १३:२९ गते
कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

२०८१ आश्विन १, मंगलवार १५:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?