यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार १०:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :गलत कथावस्तु प्रस्तुत ​गरेको भन्दै नेपाली चलचित्र ‘कार्साङ’ प्रति शेर्पा समुदायले आपत्ति जनाएको छ।

चलचित्रमा देखाइएको ‘बलि’ र ‘छेवर’आफूहरूको संस्कार र संस्कृतिभित्र नरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा जातिले बौद्ध धर्म अवलम्बन गर्ने भएको हुँदा बलि दिने र छेवर गर्ने संस्कृति-परम्परा नरहेको बताए। यस्ता चलचित्रले आगामी दिनमा साँस्कृतिक विचलन ल्याउने तर्क उनले गरे।

शेर्पा चलचित्र संघले विज्ञप्ति निकालेर चलचित्रमा शेर्पा संस्कृति र परम्पराको दुरुपयोग गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग राखेको छ। ‘शेर्पाहरू बुद्ध धर्ममा आस्था राख्ने समुदाय हो। बलि दिने प्रथा शेर्पा समुदायको हो भन्नु गलत हो’, विज्ञप्तिमा भनिएको छ।

शेर्पा समुदायको विरोध भएपछि निर्माण पक्षले ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश चलचित्रको ब्यानरबाट हटाएको छ। चलचित्रको निर्देशक तथा लेखकसमेत रहेको याम शेर्पाले कथावस्तु समग्र शेर्पा समुदायको नभएर एउटा भूगोलको मात्रै रहेको दाबी गरेका छन्। उनका अनुसार सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँका शेर्पा समुदायको संस्कार-संस्कृतिमा चलचित्र निर्माण भएको हो।

शेर्पा समुदायका अगुवाले भने कालान्तरमा यो चलचित्र शेर्पा समुदायको परम्परा र संस्कृति बुझ्ने एउटा आँखीझ्यालको रूपमा स्थापित हुने भएको हुँदा यस्ता गलत कथावस्तु अहिले नै सच्याउनुपर्ने बताएका छन्।

चलचित्रका कलाकारले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिने क्रममा यो नै शेर्पा समुदायको पहिलो चलचित्र रहेको दाबी गरेकोमा अगुवाले आपत्ति जनाएका छन्। ‘शेर्पा संस्कार-संस्कृतिमा आधारित पहिलो चलचित्र खाङ्ग्री हो। पछिल्लो समय कुसुम र टिन्छेन फामा जस्ता चलचित्रसमेत निर्माण भइसकेकोले यो चलचित्र पहिलो भन्न मिल्दैन’, कुसुम चलचित्रका निर्माता फाराडेन्डी शेर्पाले भने।

गत पुस २६ गतेदेखि प्रदर्शन भइरहको चलचित्र कार्साङमा दयाहाङ राई शीर्ष भूमिकामा छन्। चलचित्रमा जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङले पनि अभिनय गरेका छन्।

अघिल्लो लेख नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै
अर्को लेख बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

२०८१ चैत्र १५, शुक्रबार १४:३१ गते
राष्ट्रिय

भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना

२०८१ पुष ११, बिहीबार ०९:०९ गते
राष्ट्रियसमाचार

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

२०८२ पुष ११, शुक्रबार १२:५३ गते
राष्ट्रिय

नागढुंगा सहकारीका अध्यक्ष पक्राउ

२०८१ मंसिर १९, बुधबार ०८:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?