यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार १२:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आउँदो चैत अन्तिम हप्तादेखि कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीब्र पारिएको छ ।

मंसिरमा हुने भनिएको प्रतियोगिताको नयाँ मिति तोकिएपछि तयारीलाई तीब्र पारिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आउँदो चैत २३ गतेदेखि ३० गतेसम्म सुर्खेतमा आयोजना हुने प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए । प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा मुख्य रङ्गशाला तयार गरिरहेको छ ।

खेलकुद प्रतियोगिता हुने क्षेत्रसम्मको सडक पूर्वाधार, मर्मत र रङ्गरोगन, खानेपानी तथा आवासको व्यवस्थापनलगायतका काम भइरहेका छन् । राखेपका सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका कामको प्रशंसा गरे । पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले गरेको लगानी र कामको अवस्थाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था नरहेको पनि उनको भनाइ छ ।

सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ६० करोड रुपैयाँ बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताए। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागि परेको बताए।

अघिल्लो लेख इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी
अर्को लेख सडकसँग जोडिँदै बाजुराका दुर्गम गाउँ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक

२०८२ जेष्ठ ५, सोमबार १९:११ गते
खेलकुदसमाचार

एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा

२०८२ पुष १८, शुक्रबार १५:०९ गते
खेलकुदसमाचार

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

२०८२ असार २८, शनिबार १४:१३ गते
खेलकुदसमाचार

नेपालले होबर्ट हरिकेन्सलाई १ सय ८१ रनको लक्ष्य दियो

२०८२ भाद्र ३, मंगलवार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?