यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १२, शुक्रबार ०९:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको चुनाव रोक्ने आदेश दिएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मनोनयन दर्ताको दिन गएको सोमवार सरकारले प्रहरी परिचालन गरेर सातदोबाटोमा एनओसी कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद अनलाइनमार्फत मनोनयन दर्ता गर्दै चुनाव प्रक्रियाअघि बढाइएको थियो ।

एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा गर्दै आएको छ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो ।

उच्च अदालत पाटनले मङ्सिर १७ गते नेपाल ओलम्पिक कमिटीले २०८१ मङ्सिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधीन मुद्दामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिँदा विधान संशोधन नगर्नु/नगराउनु, भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेको एनओसीमा १९ कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

लगातार दुई कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला गर्नका लागि विशेष साधारणसभाबाट विधान संशोधनको भूमिका खेलेका थिए । उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, सदस्य दीर्घबहादुर केसीले त्यसको विरोधमा साधारण सभा बहिष्कार गरेका थिए । सुनिल श्रेष्ठले आफू चुनावमा भाग नलिने प्रस्ट गरिसकेका छन् ।

अघिल्लो लेख कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि
अर्को लेख सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

२०८१ मंसिर १८, मंगलवार ०८:१७ गते
खेलकुद

चितवन राइनोजविरूद्ध कप्तान रोहित पौडेलको अर्धशतक

२०८१ मंसिर २५, मंगलवार १०:१४ गते
खेलकुदसमाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

२०८२ असार ३, मंगलवार १०:२४ गते
खेलकुद

‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै

२०८१ मंसिर ६, बिहीबार १०:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?