यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ३, बुधबार ११:४२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा यही डिसेम्बर २०, २१ र २२ अर्थात पुस ५, ६ र ७ गते हुने सम्मेलनमा समग्र नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि गर्न सकिने प्रयासका बारेमा छलफल हुनेछ ।

सन् २००३ देखि नै शुरु भएको सम्मेलन औपचारिक रुपमा यसअघि पहिलो सम्मेलन सन् २०१३ र दोस्रो सन् २०१९ मा भएको थियो ।

पूर्व प्राथमिक तहका कक्षाहरुदेखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताइन् ।

बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाइ हुने उद्देश्यसहित मन्त्रालयसँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उनको भनाइ छ ।

शिक्षा क्षेत्रका सात जना अन्तर्राष्ट्रियस्तरका विदेशी विज्ञसहित झण्डै पाँच सय जना शिक्षाकर्मीको सभागितामा हुने सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे छलफल गरी नेपाल सुहाउँदो शिक्षण र सिकाई विधिमा जोड दिइने छ । आउने दिनमा देशका सातवटै प्रदेशमा सम्मेलन आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष दीक्षितले बताइन् ।

सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणका लागि सम्मेलन उपलब्धिमूलक हुने बताइन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले नेपालमा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र नेपालको भावी शिक्षा प्रणालीलाई एउटा सकारात्मक मोड दिन सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक, भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्तन, पूर्वप्राथमिक शिक्षा, पढाइ र सिकाइ विषयमा छलफल हुने छ ।

अघिल्लो लेख दुई अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
अर्को लेख टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

२०८१ चैत्र ८, शुक्रबार १८:०६ गते
राष्ट्रिय

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

२०८१ भाद्र १६, आईतवार १६:५४ गते
राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

२०८१ फाल्गुन ५, सोमबार १२:२३ गते
राष्ट्रियसमाचार

कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार

२०८२ जेष्ठ १०, शनिबार १०:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?