यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ८, शुक्रबार १८:०६ गते
SudarshanTelevision
2 मिनेटको
*
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।

६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा विज्ञप्ती निकालेर आयोगले छूवाछूत तथा जातीय विभेदका घटनामा आयोगले निरन्तर अनुसन्धान र अनुगमन गरिरहेको जनाएको छ ।

अछाममा विद्यालयभित्र दलित विद्यार्थीमाथि विभेद गरिएको तथा सप्तरीमा अन्तर जातीय विवाहको विषयलाई लिएर भएको घटनालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा मिलापत्र गराउने क्रममा बालिकाले आत्महत्या गरेको विषयमा आयोगले गम्भीर रूपमा लिएको र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ ।

त्यस्तै सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटना हालै सार्वजनिक भएको छ । यसमा मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालयबाट अनुगमन थालेको विज्ञप्तीमा उल्लेख छ ।

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाई समुदायस्तरमै मिलापत्र गराउने, प्रहरीद्वारा जाहेरी नलिने र राजनीतिक हस्तक्षेप हुने प्रवृत्तिले पीडितको न्याय प्राप्त गर्ने अधिकार कुण्ठित हुन पुगेको आयोगको अनुगमनबाट पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता डा.टिकाराम पोखरेलले उल्लेख गरे ।

जातीय विभेद र छुवाछूतका घटनामा मेलमिलाप गराउने कार्य कानून विपरीत हुनुका साथै दण्डहीनताले समेत प्रश्रय पाउने आयोगले जनाएको छ । आयोगले तीन वटै तहका सरकारलाई गम्भीर हुन समेत अनुरोध गरेको छ ।

अघिल्लो लेख इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण
अर्को लेख बझाङमा १६ वर्षीया किशोरीलाई करणीको आरोपमा ६० वर्षीय वृद्व पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

गृहराजनीतिराष्ट्रियसमाचार

संविधान संशोधन पश्चगमन होइन : ओली

२०८१ असार २३, आईतवार १५:०३ गते
राष्ट्रिय

काठमाण्डौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाहीका लागि सिफारिश

२०८१ पुष ६, शनिबार १०:२१ गते
राष्ट्रिय

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

२०८१ श्रावण १, मंगलवार ०७:४६ गते
राष्ट्रियसमाचार

बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह

२०८२ जेष्ठ २८, बुधबार १५:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?