यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार १४:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

पर्वत :अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गर्न लागेको हो। यो पुरस्कारको राशि दुई हजार अमेरिकी डलर अर्थात् झन्डै दुई लाख ६० हजार माथिको पुरस्कार राशि रहेको छ।

सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथै कविता, कथा, उपन्यास, निबन्धरनियात्रारसंस्करण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृति लगायतका विभिन्न १० विधामा पनि पुरस्कार प्रदान गरिँदै छ। पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न कृति नेपाली भाषामा लेखिएको हुनुपर्ने, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको हुनुपर्ने, पुस्तकको आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनुपर्ने सर्त राखिएको छ।

निर्धारित मापदण्ड पूरा भएका पुस्तकको चार प्रति सन् २०२५ फेब्रुअरी २८ सम्ममा अनेसासमा प्राप्त भइसकेको हुनुपर्ने भनिएको छ। यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले बताएका छन्।

आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा भानु जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिने छ। अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी.सी.मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने छ।

यसबारेको थप जानकारीका लागि अनेसासको वेब साइटमा विवरणहरू प्राप्त गर्न सकिने छ।

अघिल्लो लेख सिमानाको तस्करी तत्काल नियन्त्रण गर्नुस् : गृहमन्त्री
अर्को लेख व्यवस्था बदलिएसँगै देशको अवस्था पनि बदलिइसक्यो : प्रधानमन्त्री ओली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचारसाहित्य

कलाकार घनश्याम गौतमको निधन

२०८२ जेष्ठ २०, मंगलवार १२:२८ गते
विचार/ब्लगसाहित्य

तमरो मलाई मन भरीको याद छ आमा

२०८२ बैशाख ३०, मंगलवार १३:१६ गते
साहित्य

‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह

२०८१ मंसिर २०, बिहीबार १०:४४ गते
साहित्य

भोट माग्द जिन आया

२०८१ भाद्र १०, सोमबार २०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?