यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका खेमराजको च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका खेमराजको च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुराका खेमराजको च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २२, शनिबार १९:५७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा –डडेल्धुराको अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गरेका थिए । उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका हुन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।

जोशी अहिले ३३ वर्षका भए। कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए। काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए। अहिले परिवारको सबै खर्च कटाएर वार्षिक आठ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए।

दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए। छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन्।

च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। ‘पहिले च्याउको बीउ लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु’, उनले भने, ‘अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।’

उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए। एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।

‘डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु’, जोशीले भने, ‘वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।’ च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाखसम्म बचत भइरहेको उनले जानकारी दिए।

‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु’, जोशीले भने। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउ खेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।

स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए। स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ । रासस

अघिल्लो लेख सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
अर्को लेख एनपीएल : अग्ला रुखमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर १, शनिबार ११:३३ गते
डडेल्धुरा

डडेल्धुराकी टिकटकर देउवा मृत फेला

२०८१ भाद्र २७, बिहीबार १७:२९ गते
डडेल्धुरासमाचार

डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

२०८२ मंसिर २५, बिहीबार १३:१४ गते
डडेल्धुरा

डडेल्धुराका एक जना फरार प्रतिवादी पक्राउ

२०८१ श्रावण ९, बुधबार १२:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?