काठमाण्डौं –काठमाण्डौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । डङ्गोल नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ५ सय १४ मतले अघि हुनुहुन्छ । एमालेका मानन्धरले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले १ हजार १ सय ८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले ४ सय १८ मत प्राप्त गरेका छन् ।





