यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार ०९:०७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाएको हो ।

भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रूपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराए थियो । उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताए ।

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

अघिल्लो लेख उपनिर्वाचन : आज मध्यराति १२ बजेदेखि मौन अवधि
अर्को लेख शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो

२०८१ माघ ६, आईतवार १०:०७ गते
अन्तर्राष्ट्रिय

जापानले बनायो मान्छे धुने वाशिङ मेसिन

२०८१ मंसिर १७, सोमबार १७:५८ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

साँगाको जित, रेलिगेसन जोनको स्वयम्भूलाई राहत

अन्तर्राष्ट्रिय

इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण

२०८१ चैत्र ८, शुक्रबार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?