एजेन्सी : अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीनदिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताए। एक महिनाअघि अक्टोबर २८ मा पनि १६ प्रान्तमा अपाङ्गता फैलाउने भाइरस उन्मूलन अभियान सञ्चालन गरिएको थियो।
जसमा पाँच वर्षमुनिका ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप लगाइएको थियो। अमरखिलले पोलियो अभियानलाई उचित रूपमा कार्यान्वयन गर्न आदिवासी जनजाति, धर्मविद्, अभिभावक र पोलियोकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन्। मन्त्रालयका अनुसार सन् २०२४ मा अफगानिस्तानमा कुनै पनि पोलियोको पुष्टि भएको छैन।





