काठमाडौं – ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन आइतबार नेपाल सीमावर्ती बिहार आइपुगेका छन् ।
ट्रेलर सार्वजनिक गर्न पटनाको गान्धी मैदानमा भव्य मंच तयार पारिएको छ ।
भारतीय संचारमाध्यमले यसलाई अहिलेसम्मकै ग्रान्ड ट्रेलर रिलिज समारोह भनेका छन् । ‘पुष्पा २’जस्ता ठूला फिल्मका निर्माताले ट्रेलर सार्वजनिक गर्न बिहारलाई रोज्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
भारतीय फिल्मको ट्रेलर लन्च सामान्यतया दिल्ली, मुम्बई, चेन्नइ र बैंगलोरमा हुन्छ । तर, ‘पुष्पा २’ धेरै कारणले पहिलो रोजाइमा पर्यो । तर, किन रु पटनामा गर्न लागिएको यो भव्य कार्यक्रम ऐच्छिक भने होइन ।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’पछि अल्लु अर्जुन ‘पान(इण्डिया’ स्टार बनिसकेका छन् । तेलुगुभन्दा अन्य भारतीय राज्यमा पहिलोपटक यो फिल्मको सफलतालाई सेलिब्रेसन गरिएको थियो । यसबाट उनले नयाँ लोकप्रियता हासिल गरे । सुकुमार निर्देशित फिल्मबाट अभिनेताले भारतको राष्ट्रिय चलचित्र अवार्ड पनि जिते ।
बिहार पनि पुष्पाको क्रेजबाट अछुतो रहेन । अल्लुको देशी गुण्डा अवतारले विहारीलाई आकर्षित गर्यो । बिहारले विशेषगरि पुष्पाको प्रशंसामा निकै चासो देखायो । यस्तो पात्र जो च्यातिएको चप्पल र धोती लगाएर पनि राजाको जीवन बाँच्न मन पराउँछ ।





