धनगढी – भाद्र कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनका अवसरमा धनगढीको गोठालोले विशेष अफर ल्याएको छ ।
पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँने कुशे औंसीका अवसरमा गोठालोले प्रत्येक केक खरिद गर्ने ग्राहकलाई नेपालको झण्डा र ढाकाको टोपी उपहार दिने भएको हो ।
उपहारका लागि धनगढी-५, हसनपुरमा रहेको गोठालोको शाखाबाट केक खरिद गर्नुपर्ने जनाइएको छ ।
यस वर्ष बुवाको मुख हेर्ने दिन भदौ १७ गते सोमबारका दिन परेको छ ।
केकमा सरप्राईज र चियामा मसलासहितको सेवा दिएर ग्राहक वर्गको मन जित्दै आएको गोठालोले हाल आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।






