बाजुरा । बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यति बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।
जिल्लाको पाखो तथा भिरालो बस्तीको तलमाथिबाट पहिरो जान थालेपछि यहाँका स्थानीयलाई वर्षाको समय राती घरमा डरैडरको बास बस्नु परेको हो ।
पानी परेको बेला गाउँ बस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले घरमा राती बसोबास गर्न निकै डर लाग्न थालेको हिमाली गाउँपालिका–३ का हंस बुढाले बताए ।
साउन २६ गते गोठालो गएको बेला दिउँसै माथिबाट पहिरो आएर धेरै पशुचौपाया मरेका छन् । आफू पनि घाइते भएको छु । कुन राती घरमा पनि पहिरो लागेर ज्यान नै जान्छ भन्ने डरैडरमा यति बेलाका रात काटी रहेको बुढाले बताउनु भयो । गोरखापत्रबाट





