धनगढी –कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा शव फेला परेको छ।
गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्क नजिकै करिब करिब ५० वर्षीय एक पुरुषको शव फेला परेको हो। आज दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो।
शव घटनास्थलबाट सेती प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए।
शवको पहिचान हुन सकेको छैन्। यस विषयमा थप अनुसन्धान प्रहरीले जनाएको छ।





