यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आजबाट बत्ती बाल्ने महिना सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आजबाट बत्ती बाल्ने महिना सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजबाट बत्ती बाल्ने महिना सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार १३:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ ।

साउने सङ्क्रान्तिदेखि नै सुदूरपश्चिमका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताएका छन् ।

साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने विश्वासले यस महिनालाई कालो महिना भन्ने गरिन्छ । भट्टले भने, “साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने विश्वास गरिन्छ, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान् बैकुण्ठमा बस्ने गर्छन् ।”

भगवान् शयन गरेका बेला बत्ती बाल्दा रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

त्यस्तै आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ ।

कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई ह¥यालो हाल्नु हो । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर ह¥यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

साउने सङ्क्रान्ति दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ । यस्तै साउनमा खीर पकाएर खाने तथा चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।

असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतोआदि आउनसक्ने भएकाले जीउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ ।

गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तीतेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ । रासस

अघिल्लो लेख डोटीमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
अर्को लेख कैलालीमा पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा ६ जना जुवाडे पक्राउ

२०८१ आश्विन ४, शुक्रबार १२:०४ गते
बैतडी

बैतडीमा भन्सार छल्न ६५ किमि टाढाको नाका प्रयोग

२०८१ कार्तिक २८, बुधबार १३:३१ गते
कैलाली

धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी

२०८१ कार्तिक ६, मंगलवार १८:५२ गते
कैलाली

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

२०८१ चैत्र १०, आईतवार १५:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?