यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १२, आईतवार १०:४१ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।

योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ। दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ। बेदकोट नगरपालिका–९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन्। त्यहाँ प्रत्येक साँझ सखिया नाचिन्छ। साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताइन्।

सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छु, चौधरीले भनिन्, हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ। सखिया नाचमा महाभारतको इतिहास हुन्छ। यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ। यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उनले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिइन्।

पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताए। अहिले दश दिन मात्रै सखिया नाचिन्छ, पहिलेका पुस्ताले एक महिनाअघिदेखि सखिया नाच्न सुरु गर्थेु, उनले भने, अहिले अधिकांश मानिस व्यापार, व्यवसाय, रोजगारीमा व्यस्त हुन थालेका छन्। रोजगारी र शिक्षाका लागि बाहिर जाने गरेकाले संस्कृति पुस्तान्तरण हुन सकेको छैन। थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उनको भनाइ छ।

सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ। थारू भाषामा सखीको अर्थ साथीसँगी हुन्छ,  गाउँका सबै साथीसँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताए। सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइन्छु, उनले भने, यसले समुदायको पहिचान र मौलिकता जोगाएको छ। सखियाले थारू समुदायलाई एकताबद्ध गर्न सहयोग पुयाएको उनले बताए।

चौधरीका अनुसार नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङ्गको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन्। गीत नसकिएसम्म नाच सकिँदैन, यो धेरै लामो हुन्छु, उनले भने, गीत गाउने चलन पछि छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन।ु

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको संस्कृतिका जानकार चौधरीले जानकारी दिए। आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी हुनुपर्नेमा उनले जोड दिए। आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छु, उनले भने, अन्य समुदायको भन्दा हाम्रो समुदायमा दसैँ पृथक रूपमा मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारू समुदायले नवमीदेखि जमरा लगाउने गर्दछन्।

थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने स्थानीय निशा चौधरीले बताइन्। सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि नाच्ने प्रचलन रहेको उनको भनाइ छ। दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ।

अघिल्लो लेख जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
अर्को लेख सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स् सुन तोलाको दुई लाख २३ हजार नाघ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप

२०८१ माघ २९, मंगलवार १२:३३ गते
कैलालीसमाचार

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

२०८२ भाद्र २८, शनिबार १२:४६ गते
कञ्चनपुरसमाचार

गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २४, मंगलवार १३:५४ गते
राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

२०८१ मंसिर १२, बुधबार ०८:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?