काठमाण्डौं –सुनको भाउ आज ६ सय रुपैयाँ बढेको छ ।
सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।





