काठमाण्डौँ– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन्।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११औं स्थापना दिवसको अवसरमा उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका हुन्।
उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताए।
‘जादुको छडी कोहीसँग छैन। हामी प्रतिकूल अवस्थाबाट अनुकूलतामा लग्नको लागि कोभिड १९ पछि अर्थतन्त्रमा आएको अफ्ठ्यारोपन जुन छ, त्यसलाई हटाउनको लागि अहिले यो सरकारले बढो जिम्मेवारपूर्ण तवरले देशलाई सम्हाल्नुपरेको छ, यो व्यवस्थालाई टिकाउनुपरेको छ’, उनले भने।





