डोटी । डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।
करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५ वर्षिय नेपालीलाई यहि चैत ४ गते एकाएक उच्च रक्तचापका कारण मष्तिष्कका नसा फुटेपछि जीवन मरणको दोसाँधमा छन् ।
हाल उनको बैङ्लोर स्थित लाइफ केयर अस्पताल जिकजालामा उपचार भैरहेको उनका आफन्त केशव नेपालीले जानकारी दिए ।
आर्थिक अभावमा भारतको बैंङ्लोरमा काम गर्दै आएका आफ्ना भाइलाई प्रेसरले हानेर ब्रेन ह्यामरेज भएको तेज बहादुरका दाइ धनबहादुर नेपालीले बताए । तेज बहादुरकी श्रीमती र दुइ छोराहरु पनि सँगै बस्दै आएका थिए । पैंसा कमाउने मान्छे नै स्वास्थ्य समस्यामा परेपछि चरम आर्थिक अभाव भएको उनले बताए । उनले भने–‘न त उनको उपचारका लागि पैंसा छ, त्यसका साथै श्रीमती र छोराछोरीलाई खान लाउन समेत समस्या भएपछि परिवार नै विचल्लीमा छ ।’
तेज बहादुरको जीवन रक्षाका लागि मानवीय रुपमा सक्दो आर्थिक सहयोग गरिदिन भन्दै बिरामीका दाइ केशव नेपालीको सम्पर्क नम्बर ९८४८६२८४४२ र भतिजा बिमल कुमार नेपालीको सम्पर्क नम्बर ९७४५५२८९१५ सहित बिमल कुमार नेपालीको नाममा कृषि विकास बैंकमा रहेको खाताको QR सार्वजनिक गरेका छन् ।






