डोटी –डोटीको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ।
डोटीको आदर्श गाउँपालिका -५ तलारामा रहेको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको व्यक्तित्व विकास तथा उद्घोषण तालिम शुक्रबार सम्पन्न गरिएको हो।
तालीमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेकोे विद्यालयका शिक्षक तथा सूचना अधिकारी लालमनी जोशीले बताएका छन्।
७ दिने उद्घोषण तालिममा धनगढीमा रहेको सुदर्शन टेलिभिजनका सम्पादक गिरिजा प्रसाद पनेरुले प्रशिक्षण गराएका हुन्।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहको अध्यक्षता रहेको कार्यक्रमको समापन समारोहमा सुदर्शन टेलिभिजनका सम्पादक तथा प्रशिक्षक गिरिजा प्रसाद पनेरुको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
तालिमबाट सहभागी विद्यार्थीहरूको वाक कलाको विकास भएको भगवती माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताएका छन्।






